Cricket Himalaya
Cricket News From Top of The World

राजु रिजालको अर्धसतक पुरा, प्र न ३ बिरुद्ध आर्मीको सुदृढ प्रदसन

२२ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेस न ३ र त्रिभुवन आर्मी क्लब किर्तिपुरमा खेल्दैछन !

टस हारेर सुरुमा ब्याटिङ गरेको आर्मिले अहिले २७ ओभरमा २ विकेट गुमाउदै १२१ रन बनाएको छ !

जितेन्द्र सिंह ठकुरी ३० बलमा १२ रन, हरि चौहानले ३७ बलमा ३८ रन बनाए !

राजु रिजाल : ५०(८३)

ग्रुप ए बाट प्रदेस न ३ र एपिएफ, ग्रुप बि बाट पुलिस र आर्मी सेमिफाइनल प्रबेस गरेका थिए !

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुगेका छन । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुनेछ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।