Cricket Himalaya
Cricket News From Top of The World

करु मेमोरियल टि१० क्रिकेट, धादिङको उपाधी बिजेता बेनिघाट क्रिकेट क्लब

जेष्ठ २२, क्रिकेट क्लब

करु मेमोरियल ट्रस्ट, धादिङ्गको आयोजनामा बिशालटार मैदानमा जेष्ठ १७-२१ सम्म आयोजित ‘तेश्रो करु मेमोरियल टि१० क्रिकेट कप‘ प्रतियोगिताको उपाधी बेनिघाट क्रिकेट क्लब (बि) ले जितेको छ !

प्रतियोगितामा सहभागी कुल ६ टिमहरुला दुई समुहमा बिभाजन गरिएको छ !

ग्रुप ए : बेनिघाट ए, गजुरि, मजिमटार

ग्रुप बि : बेनिघाट बि, धादिङ्ग, मलेखु

फाइनल खेल : गजुरी र बेनिघाट बि

सुरुमा ब्याटिङ गरेको बेनिघाटले निर्धारित १० ओभरमा ७ विकेट गुमाउदै १३६ रन बनाएको थियो ! बिबेक रानामगरले २० बलमा ६९, बिश्वास श्रेष्ठले १२ बलमा २३ रन बनाएका थिए !

गजुरिका लागि एन रिजाल, जि श्रेष्ठ, एस मगर र सुमितले समान १/१ विकेट लिएका थिए !

ठूलो लक्ष पछ्याएको गजुरी १० ओभरमा ७ विकेट गुमाउदै ८५ रनमा रोकिएपछी ५१ रनले पराजित रह्यो ! जि श्रेष्ठले ११ बलमा २६, एन रिजालले ११ बलमा १६* रन बनाएका थिए !

फाइनल खेलका म्यान अफ द म्याच बिबेक रानामगर घोसित भएका थिए !