Cricket Himalaya
Cricket News From Top of The World

भ्यालियन्ट प्रीमियर लिगमा नेपाली रास्ट्रीय खेलाडी दिपेस खत्री बेस्ट ब्याट्सम्यान घोसित

जेष्ठ २१, क्रिकेट हिमालय

भ्यालियन्ट ग्रुप द्वारा दमन, भारत स्थित स्वामी बिबेकानन्द एकेडमी मैदानमा सम्पन्न ‘भ्यालियन्ट प्रीमियर लिग (VPL)’ अन्तर्गत नेपालका रास्ट्रीय खेलाडी दिपेस खत्री बेस्ट ब्याट्सम्यान भएका छन !

चौथो सिजनको भिपिएलको फाइनल खेलमा ओमानका रास्ट्रीय खेलाडी जतिन्दर सिंह सम्मिलित मुम्बई हर्सले राजपिप्ला किङ्ग्स लाई पराजित गर्दै उपाधी जितेको थियो !

प्रतियोगिता अन्तर्गत मात्र लिग चरणका ३ खेल खेलेका दिपेस खत्रीले १७१ रन बनाउनुका साथै ६ विकेट पनि लिएका थिए !

प्रतियोगितामा ५ टिमको सहभागीता रहेको थियो, दिपेस खत्रीले भोपाल टाइटान्सको प्रतिनिधित्व गर्दै बेस्ट ब्याट्सम्यानको उपाधी जितेका थिए !