जेष्ठ २१, क्रिकेट हिमालय
यु१६ रास्ट्रीय क्रिकेट टिमका खेलाडी विशाल पटेललाइ आज एक कार्यक्रम बिच मलङ्गवा नगरपालिका वार्ड न ९ मा सम्मान गरिएको छ !
थाइल्यान्डमा सम्पन्न एसिसी यु१६ क्रिकेट प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मलङ्गवा सङ्गै नेपालको नाम राख्न सफल भएको जनाउदै उक्त सम्मान कार्यक्रम राखिएको हो !
वार्ड न का वार्ड अध्यक्ष दिप लाल महतोले बिसाललाइ एक बर्ष सम्मको काठमाडौ पढन/खेल्न बस्दाको सम्पुर्ण खर्च सहित रु १ लाख बराबरको क्रिकेट सामाग्री प्रदान गरेका थिए !
स्थानिय रुपमा बिकास निर्माणका काममा निकै सक्रिय, खेलप्रेमि बिसेसगरी क्रिकेट तर्फ बढी अभिरुची राख्ने वार्ड अध्यक्ष दिप लाल महतोको यो योगदान उच्च रहेको र आगामी दिनमा समेत सहयोग रहने बिश्वास रहेको जानकारी सर्लाही जिल्ला क्रिकेट संघका अध्यक्ष माधव कर्माचार्यले दिएका छन !