Cricket Himalaya
Cricket News From Top of The World

यु१६ त्रिकोणात्मक सिरिज, कैलाली : पहिलो खेलमा टिम धनगढी बिजयी

जेष्ठ २१, क्रिकेट हिमालय

कैलाली जिल्ला क्रिकेट संघ, कैलालीको आयोजनामा प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जेष्ठ २१-२७ सम्म ‘यु१६ टि३० ट्र्याङ्गुलर क्रिकेट सिरिज अन्तर्गत आज सम्पन्न पहिलो खेल टिम धनगढीले २१ रनले जित्न सफल भएको छ !

पहिलो खेल : धनगढी र सीवाइसी अत्तरिया

धनगढीले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको हो। फलस्वरूप, धनगढीले निर्धारित ३० ओभरको खेलमा २८.३ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र ११२ रन बनाउनसक्यो।

ब्याटिङतर्फ धनगढीका लागि अभिषेक मल्लले सर्वाधिक ३० रन बनाउदा विजय गुप्ता १२ रन तथा सुशील नाथ र विनोद ठगुन्नाले समान ११/११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन्।

बलिङतर्फ सीवाइसी अत्तरियाका लागि निरज भट्टले सर्वाधिक ५ विकेट लिंदा मीन रावल र कैलाश भट्टराईले समान २/२ विकेट लिन सफल भए।

११३ रनको झिनो विजयीलक्ष्य पछ्याउँदै मैदान उत्रेको सीवाइसी अत्तरियाले निर्धारित ३० ओभरको खेलमा १८.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति ९१ रन बनाउनसक्यो।

ब्याटिङतर्फ सीवाइसी अत्तरियाका लागि निरज भट्टले सर्वाधिक १८ रन बनाउदा खगेन्द्र जोशी र धिरेन्द्र अधिकारीले समान १४/१४ रन बनाउन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्।

बलिङतर्फ धनगढीका लागि विरेन्द्र बिष्टले उत्कृष्ट ह्याट्रीक लिंदै सीवाइसी अत्तरियाका महत्त्वपूर्ण ५ विकेट लिन सफल हुँदा सुबोध तिवारीले पनि ४ विकेट लिन सफल हुँदै आफ्नो टिमलाई महत्त्वपूर्ण जित दिलाउन सफल भएका छन्।

भोलि बिहान हुने सिरिजको दोश्रो खेल कञ्चनपुर किर्केट एकेडेमी र सीवाइसी अत्तरियावीच प्रतिस्पर्धा हुनेछ।

टाइसिट