Cricket Himalaya
Cricket News From Top of The World

लिग चरणमा राजु रिजाल सर्बाधिक रन र दिपेन्द्र सिंह ऎरि उच्च विकेट लिन सफल

जेष्ठ २१, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणका सम्पुर्ण खेलहरु समाप्त भएका छन !

ग्रुप ए बाट प्रदेस न ३ र एपिएफ, ग्रुप बि बाट आर्मी र पुलिस सेमिफाइनल प्रबेस गरेका छन !

को रहे त लिग चरणमा उत्कृष्ट ?

– उत्कृष्ट ब्याट्सम्यान

१. राजु रिजाल : ४ खेलमा ९० उच्च स्कोर सहित ४४.५ एभरेज र ७९.८ को स्ट्राइक रेटमा १७८ रन बनाएका आर्मिका राजु रिजाल शीर्ष स्थानमा रहेका छन !

२. अमीत श्रेष्ठ : ४ खेलमा १०६ उच्च रन सहित ४१.२५ एभरेज र ८५.४९ को स्ट्राइक रेटमा १६५ रन बनाएका पुलिसका अमीत श्रेष्ठ दोश्रो स्थानमा रहेका छन !

३. प्रदिप सिंह ऎरि : ४ खेलमा ७७* उच्च रन सहित ५०.३३ को एभरेज र ६१.७७ को स्ट्राइक रेटमा १६० रन बनाएका एपिएफका प्रदिप तेश्रो स्थानमा रहेका छन !

४. सौरभ खनाल (१३६) ५. हरि शन्कर साह (१३६) ६. अनिल गुरुङ (१३४) ७. रोहित कुमार पौडेल (१२७) ८. कुशल भुर्तेल (१२६) ९. किसोर बोहरा (१२१) १०. सुमित महर्जन (११८)

– उत्कृष्ट बलर

१. दिपेन्द्र सिंह ऎरि : ४ खेलमा ३१ ओभर गर्दै १० मेडन सहित ७६ रन दिदै १३ विकेट लिने पुलिसका दिपेन्द्र सिंह ऎरि शीर्षस्थानमा रहेका छन !

२. ललित नारायण राजबन्शी : ४ खेलमा २७ ओभर गर्दै ७ मेडन सहित ७९ रन दिदै १२ विकेट लिएका पुलिसकै ललित दोश्रो स्थानमा छन !

३. पुस्प थापा : ४ खेलमा ३३.१ ओभर गर्दै २ मेडन सहित १२४ रन दिदै १२ विकेट लिएका प्रदेस न १ का पुस्प थापा तेश्रो स्थानमा रहेका छन !

४. साहब आलम (११) ५. सुशन भारी (११) ६. बिनोद लामा (११) ७. कुमार थापा (११) ८. सुर्य तामाङ (११) ९. पारस खडका (१०) १०. अनिल खरेल (९)

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

सम्पुर्ण खेल नेपाली समय अनुसार बिहान ९.१५ बजे सुरु हुनेछन्।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।