२१ जेठ, क्रिकेट हिमालय
किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बार्हौ दिन मुलपानीमा गन्डकी प्रदेसलाइ सुदुर पश्चिम प्रदेले ४ विकेटले पराजित गर्दै प्रतियोगिताको अन्त्य गरेको छ !
ग्रुप ए बाट प्रदेस न ३ र एपिएफ, ग्रुप बि बाट आर्मी र पुलिस सेमिफाइनल प्रबेस गरिसकेको हुदा आजको खेल प्रतिस्ठाको मात्र थियो !
सुरुमा ब्याटिङ गरेको गन्डकिले राहुल शर्माको ४९ बलमा ४१ रनको सहयोगमा २०.४ ओभरमा अल आउट हुँदै मात्र ८९ रन बनाएको थियो !
सुदुर पश्चिमका लागि बिनोद लामाले ६ ओभरमा २ मेडन सहित २५ रन दिएर ५ विकेट, महेस अधिकारी र सेर मल्लले समान २/२ विकेट लिएका थिए !
लक्ष पछ्याएको सुदुरले २९.२ ओभरमा ६ विकेट गुमाउदै ९३ रन बनाएपछी ४ विकेटको जित हात पार्यो ! नरेन्द्र साउदले ४२ बलमा २३*, आकास चन्दले ३४ बलमा २९* रन बनाएका थिए !
गन्डकिका लागि किसोर महतो ३, बिपिन खत्रीले २ विकेट लिएका थिए !
प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्
समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।
राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।
सम्पुर्ण खेल नेपाली समय अनुसार बिहान ९.१५ बजे सुरु हुनेछन्।
प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।
प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
टाइसिट