Cricket Himalaya
Cricket News From Top of The World

स्कुल क्रिकेट, राजबिराज दोश्रो दिन : सृजना र पिसजोन सेकेन्डरि स्कुल बिजयी

जेष्ठ २१, क्रिकेट हिमालय

सप्तरी लायन्स क्लब, राजबिराजको आयोजना एवम सप्तरी क्रिकेट संघ राजबिराज वार्ड न ५ को कार्यालयको सहकार्यमा पबिमावी क्रिकेट मैदानमा सुरु भएको ‘बिद्ध्यालय स्तरिय टि२० क्रिकेट प्रतियोगिता‘ अन्तर्गत दोश्रो दिनको खेलमा सृजना र पिसजोन सेकेन्डरी स्कुल बिजयी भएको छ !

पहिलो खेल : सृजना सेकेन्डरी स्कुल र एस आइ बि एस एस

टस जितेर सुरुमा ब्याटिङ गरेको सृजनाले १३.१ ओभरमा अल आउट हुँदै ६२ रन बनाएको थियो ! बसन्तले १७ बलमा १९ रन बनाएका थिए !

एस आइ बि एसका राज बर्माले ५, विशाल यादब र अजय यादबले समान २/२ विकेट लिएका थिए !

लक्ष पछ्याएको एस आइ बि एस ११.१ ओभरमा अल आउट हुँदै ६१ रनमा सिमित भएपछी १ रनले पराजित रह्यो ! मनिस यादबले १८ बलमा १७, सौरभ देवले १७ बलमा १४ रन बनाएका थिए !

सृजनाका सलमानले ४, आजाद र देबेन्द्रले समान २/२ विकेट लिएका थिए !

राज बर्मा प्लेयर अफ द म्याच भएका थिए !

दोश्रो खेल : पिस जोन र मोडल सेकेन्डरी स्कुल

टस हारेर सुरुमा ब्याटिङ गरेको मोडलले १६ ओभरमा अल आउट हुदै ८७ रन बनाएका थिए ! बिबेक यादबले २४ बलमा २४, बिश्नु यादबले २३ बलमा १८ रन बनाएका थिए !

पिसजोनका कृश थापा र जयन्त यादबले समान ३/३ विकेट लिएका थिए !

लक्ष पछ्याएको पिसजोन १६ ओभरमा ८ विकेट गुमाउदै ८८ रन बनाएपछि २ विकेटको जित हात पार्यो ! श्रवण यादबले १८ बलमा २०*, केसब साहले १२ बलमा १६ रन बनाएका थिए !

मोडलका अक्षय यादबले ४, बिश्नु यादबले २ विकेट लिएका थिए !

कृश थापा प्लेयर अफ द म्याच भएका थिए !