Cricket Himalaya
Cricket News From Top of The World

स्कुल क्रिकेट, राजबिराज : पहिलो दिन दुर्गा सेकेन्डरी स्कुल बिजयी

जेष्ठ २०, क्रिकेट हिमालय

सप्तरी लायन्स क्लब, राजबिराजको आयोजना एवम सप्तरी क्रिकेट संघ राजबिराज वार्ड न ५ को कार्यालयको सहकार्यमा पबिमावी क्रिकेट मैदानमा सुरु भएको ‘बिद्ध्यालय स्तरिय टि२० क्रिकेट प्रतियोगिता‘ अन्तर्गत पहिलो दिनको खेलमा दुर्गा सेकेन्डरी स्कुल बिजयी भएको छ !

दुर्गा सेकेन्डरी स्कुल र पिसल्यान्ड इङ्लिस बोर्डिङ स्कुल

टस हारेर सुरुमा ब्याटिङ गरेको पिसल्यान्डले २० ओभरमा अल आउट हुँदै १४३ रन बनाएको थियो ! तनविरले ४१ बलमा ३७, सकिमले २२ बलमा २९ रन बनाएका थिए !

दुर्गाको लागि मिलन मन्डल, मेहबुब, एस सिंह र सफल थापाले समान १/१ विकेट लिएका थिए !

लक्ष पछ्याएको दुर्गा १९.१ ओभरमा ६ विकेट गुमाउदै १४५ रन बनाउन सफल भएपछी ४ विकेटको जित हात पार्यो ! अबिसेक कार्किले २६ बलमा ४४, निलेस देब र श्रवण मुखियाले समान २४/२४ रन बनाएका थिए !

पिसल्याडका अबिनास मन्डलले उच्च ३ विकेट लिएका थिए !

दुर्गा सेकेन्डरी स्कुलका अबिसेक कार्की प्लेयर अफ द म्याच चुनिएका थिए !

प्रतियोगितामा २० बिद्ध्यालयहरुको सहभागीता रहेको छ !