Cricket Himalaya
Cricket News From Top of The World

अनिल गुरुङ्गको सतक, प्रदेस न ५ अन्तिम बलमा गन्डकी बिरुद्ध बिजयी

जेठ २०, क्रिकेट हिमालय

प्रधानमन्त्री कप तेस्रो संस्करण अन्तर्गत किर्तिपुरमा यति बेला गण्डकी प्रदेश र प्रदेश ५ बिचको खेलमा प्रदेस न ५ बिजयी भएको छ !

ओप्निङ आएका अनिल गुरुङले शतकिय पारी खेल्दा प्रदेश ५ लाई गण्डकी प्रदेशले १ लाई २३५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४९.२ ओभरमा अल आउट हुँदै २३४ रन बनाएको छ। गण्डकी प्रदेशका लागि ओप्निनर ब्याट्सम्यान अनिल गुरुङले १५२ बलमा ११५ रन बनाउदै शतकिय पारी खेलेका छन। त्यस्तै दिपेश श्रेष्ठले २८(२०), गोबिन्द प्रधानले २६(४१), मेख शेनले २३(३७), किशोर महतोले २०(७) र सुम घिमिरेले १३(३०) रन जोडे।

प्रदेश ५ का लागि बलिङ तर्फ अनिल खरेलले ५ विकेट लिए। त्यस्तै कृष्ण कार्की र बिक्रम भुसालले २/२ विकेट लिदा सिधाान्त शाहिले १ विकेट लिए।

लक्ष पछ्याएको प्रदेस न ५ ले ४९.५ ओभरमा ७ विकेट गुमाउदै २३५ रन बनाएपछी ३ विकेटको जित हात पार्यो ! सौरभ खनालले ११२ बलमा ९० रन, प्रनित थापामगरले ६६ बलमा ४५ रन बनाएका थिए !

गन्डकी प्रदेसका लागि किसोर महतोले उच्च २ विकेट लिएका थिए !

प्रदेस न ५ एक हार, एक ड्र र दुई जित सहित ५ अन्क बनाएतापनी ग्रुप ए मा तेश्रो हुदा सेमिफाइनल पुग्न असफल रह्यो ! प्रदेस न ३ र एपिएफ सेमिफाइनल प्रबेस गरेका छन !