Cricket Himalaya
Cricket News From Top of The World

अनिल गुरुङले शतकिय पारी खेल्दा प्रदेश ५ लाई २३५ रनको लक्ष्य

जेठ २०, क्रिकेट हिमालय।।
प्रधानमन्त्री कप तेस्रो संस्करण अन्तर्गत किर्तिपुरमा यति बेला गण्डकी प्रदेश र प्रदेश ५ बिच खेल चलिरहेको छ। ओप्निङ आएका अनिल गुरुङले शतकिय पारी खेल्दा प्रदेश ५ लाई गण्डकी प्रदेश ले २३५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४९.२ ओभरमा अल आउट हुँदै २३४ रन बनाएको छ। गण्डकी प्रदेशका लागि ओप्निनर ब्याट्सम्यान अनिल गुरुङले १५२ बलमा ११५ रन बनाउदै शतकिय पारी खेलेका छन। त्यस्तै दिपेश श्रेष्ठले २८(२०), गोबिन्द प्रधानले २६(४१), मेख शेनले २३(३७), किशोर महतोले २०(७) र सुम घिमिरेले १३(३०) रन जोडे।

प्रदेश ५ का लागि बलिङ तर्फ अनिल खरेलले ५ विकेट लिए। त्यस्तै कृष्ण कार्की र बिक्रम भुसालले २/२ विकेट लिदा सिधाान्त शाहिले १ विकेट लिए।