Cricket Himalaya
Cricket News From Top of The World

सुदुरपश्चिम् प्रदेशद्वारा प्रदेश ३ लाई १५५ रनको बिजय लक्ष्य प्रस्तुत

तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एघारौ दिन अन्तर्गत मुलपानीमा जारी खेलमा सुदुरपश्चिम प्रदेश ले प्रदेश ३ लाई १५५ रनको बिजय लक्ष्य प्रस्तुत गरेको छ । टस जिति ब्याटिङ सुरु गरेको सुदुर पश्चिम् प्रदेशले ४५.१ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । सुदुरको लागि खडक बोहराले ४० ,रोशन अघिकारिले २७ , नरेश बोहराले १६ तथा कप्तान सेर मल्लले १४ रनको योगदान दिए
।प्रदेश ३ को लागि सुर्य तामाङले ३ ,प्रतिस जिसि र जितेन्द्र ठकुरी २/२ तथा पारस खड्का र नन्दन यादब १/१ विकेट लिए ।

अब केहिबेरमा १५५ रनको बिजय लक्ष्य पछ्याउँदै प्रदेश ३ ले जवाफी ब्याटिङ गर्नेछ ।।