Cricket Himalaya
Cricket News From Top of The World

प्रथम लुम्बिनी मेयर कपको उपाधि वडा नम्बर ५ लाई

क्रीकेट हिमालय, रुपन्देही ,जेठ २०

युथ कोलाब्रेटी फार ग्रीन नेपालको आयोजना , लुम्बिनी कसाइ क्रीकेट क्लबको सह आयोजना तथा लुम्बिनी सास्कृतिक नगरपालिकाको सहयोगमा लुम्बिनीको बुद्ध आदर्श स्कुलको ग्राउन्डमा सनिवार सम्पन्न प्रथम लुम्बिनी मेयर कपको उपाधिको वडा नम्बर ५ ले जितेको छ।
सनिवार सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ बिरुद्द वडा नम्बर ६ ३४ रनले बिजयी भएको हो।
टस जिति पहिला ब्याटिङ गरेको वडा नम्बर ५ ले बिस्पोटक ब्याटिङ गर्दै २०१ रन बनाएको थियो । वडा नम्बर ५ को लागि जाबेदले ३५ बलमा ८४ रनको उत्कृष्ट पारिको योगदान दिए।
२०१ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको वडा नम्बर ६ २० ओभरमा ८ विकेट गुमाउदै १६७ रनमा खुम्चिएको थियो । वडा नम्बर ६ को लागि इमरानले ६१ तथा सुरजले २२ रनको योगदान दिए। वडा नम्बर ५ को लागि जमिलले ३ तथा उस्मानले २ विकेट लिए।
खेलको म्यान अफ दि फाइनल वडा नम्बर ५ का जावेद घोषित भए ।

यो सङै प्रतियोगिताको बिजेता वडा नम्बर ५ ले ६० हजार नगद ,ट्रफी ,मेडल र प्रमाणपत्र साथै उपबिजेता वडा नम्बर ६ ले ४५ हजार नगद , ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । एस्तै प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ म्यान अफ दि सिरिज बिबेक खत्री ,बेस्ट ब्याट्म्यान अमन खान , बेस्ट बलर इस्तिकर आलम घोषित भए ।।
प्रतियोगिता सामापन समारोहमा प्रमुख अतिथी मेयर मन मोहन चौधरी तथा बिशिस्ट अतिथि हरुमा क्रीकेट एसोसिएसन अफ रुपन्देही का अध्यक्ष प्रसान्त मल्ल , अन्तर्राष्ट्रिय क्रीकेट खेलाडी शक्ति गौचन , लुम्बिनी कसाइका म्यानेजर बिनेश मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

म्यान अफ फि सिरिज बिबेक खत्री

बेस्ट बलर इस्तिकर आलम

बेस्ट ब्याट्म्यान अमन खान

बिजेता टिम वडा नम्बर ५