Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ को मनोनयनमा

जेष्ठ १९, क्रिकेट हिमालय

बजाज पल्सर स्पोर्टस् अवार्ड अन्तर्गतको पिपुल्स च्वाइस अवार्ड विधाका लागि सन्दिप लामिछाने मनोनित भएका छन् ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वर्षका चर्चित ५ खेलाडीको नाम यस अवार्डका लागि छानेको छ !

मनोनित हुनेमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।

एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा उत्कृष्टता छनोट गरिनेछ ।

एसएमएस भोटिङ, फेसबुक लाईकको मतभार, पत्रकारको भोट र संघका मुख्य प्रशिक्षकको मतको भार २५/२५ प्रतिशत रहनेछ ।

भोट कसरी गर्ने ?

नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले ३७७२२ नम्बरमा म्यासेज गर्न सक्नेछन् ।

सन्दीपलाई भोट गर्न Pulsar <space> SL लेखेर ३७७२२ मा पठाउन सकिनेछ

विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ ।