Cricket Himalaya
Cricket News From Top of The World

कंचनपुरमा सम्पन्न बिद्ध्यालय स्तरिय प्रतियोगिताको उपाधी बिजेता विज्डम एकेडेमी

जेष्ठ १९, क्रिकेट हिमालय

विज्डम जुनियर क्रिकेट कप, कंचनपुरको फाइनल खेलमा सिद्धबाबा एकेडेमीलाई ६२ रनको अन्तरले हराउँदै विज्डमले बिजेता ट्रफि सहित नगद २० हजार प्राप्त गरेको छ भने उप बिजेता सिद्धबाबा एकेडेमीले उप बिजेता ट्रफिसहित रु.१२ हजार प्राप्त गरेको छ।

फाइनल खेलमा २८ रन (१९ बल) सहित ३ ओभरमा २ विकेट लिदै विज्डमका अलराउन्डर रबि भण्डारीले प्लेयर अफ द म्याचको उपाधी प्राप्त गरेकाछन।

विज्डमले टस जितेर ब्याटिङ रोज्दै सिद्धबाबालाई १४५ रनको लक्ष्य दिएको थियो। रबि बाहेक निखिल थापाले १० बलमा ४ चौकाको मद्धतले नट आउट २० रन,सचिन पाण्डेले ४ बलमा १ छक्का २ चौकाका मद्धतले १५ रन र ओपनर विबेक कुवर र मिलन बुढाले क्रमश १० र ११ रन बनाएका थिए भने रोहन दियालले नट आउट ८ रन बनाएका थिए।

सिद्धबाबा एकेडेमीका तर्फबाट आर्यन सुनारले २७ बल खेल्दै १८ रन र २ विकेटको योगदान दिएका थिए। अरुण बोहराले १६ बलमा १३ रन बनाए भने बलिङ गर्दै ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए।

सिद्धबाबा एकेडेमीका टीम क्याप्टेन कृष्ण कुवरले १९ बल खेलेर १४ रन बनाए भने ३ ओभर बलिङ गरि २१ रन खर्चेर १ विकेट लिएका थिए।

साना बालबालिका बिच क्रिकेट बिकासको लक्ष्य लिइ विज्डम एकेडेमी बेलौरी, कंचनपुरको आयोजना र किष्ट कलेज, कमलपोखरी काठमाडौंको मुख्य प्रायोजन रहेको यस् प्रतियोगिताको उद्घाटन यहि जेष्ठ ११ गते भएको थियो भने आज जेष्ठ १९ गते समापन भएको छ !

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वोत्कृष्ट ब्याटसम्यान विज्डम एकेडेमीका क्याप्टेन सचिन पाण्डे भएका छन, उनले प्रतियोगितामा खेलेका ४ खेलमा २ सतक (१२३*रन नट आउट र ११३ रन) र एक अर्ध सतक (६६ रन) सङ्गै ९ विकेटसमेत लिन सफल रहेका थिए !

प्रतियोगितामा सर्वाधिक विकेट (१२ ओभरमा ३८ रन दिएर ११ विकेट) लिदै विज्डम एकेडेमीका खेलाडी सुगम चौधरी सर्वोत्कृष्ट बलरको उपाधी प्राप्त गर्न सफल भएका थिए भने विज्डम एकेडेमीका, प्रतियोगिता कै कान्छा मध्यका खेलाडी लेग स्पिनर अलराउन्डर मुकेश थापा उदयमान खेलाडीका रुपमा चयन भएका छन।

प्रतियोगिताको समापन समारोहमा विज्डम एकेडेमीका रास्ट्रिय स्तरका उमेर समुहका क्रिकेट प्रतियोगितामा छनौट भइ खेली सकेका ६ जना खेलाडीहरु सङ्गै जिल्ला र जिल्ला बाहिर उत्कृष्ट हुन सफल विज्डम एकेडेमीका विद्यार्थीहरुलाई समेत सम्मानित गरिएको थियो !