Cricket Himalaya
Cricket News From Top of The World

दिपेन्द्र ऎरिको ५ विकेट, पुलिस बिरुद्ध प्रदेस न २ को ठूलो हार

जेठ १९, क्रिकेट हिमालय

प्रधानमन्त्री कप अन्तर्गत किर्तिपुर क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले प्रदेश नं. २ लाई १५६ रनले पराजित गरेको छ !

नेपाल पुलिस क्लबले प्रदेश नं. २ लाई २५४ रनको विजयी लक्ष्य दिएको थियो !

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउदै २५३ रन बनाएको छ। नेपाल पुलिस क्लबका लागि अमित श्रेष्ठले ५०(४२), सुनिल धमलाले ४३(७७), अनिल शाहले ३७(५०), कुशल भुर्तेलले ३५(३२) र आरिफ शेखले ३२(४५) रन जोडेका थिए।

बलिङ तर्फ प्रदेश नं. २ का संसद शेखले ४ विकेट लिदा रसिद खानले २ विकेट लिए। त्यस्तै मेहबुब आलम, कुमार थापा र दिब्यान्सु मलिकले समान १/१/१ विकेट लिए।

प्रदेस न २ मात्र २९ ओभरमा अल आउट हुँदै ९७ रनमा समेटिएको थियो ! हरि शन्कर साह २९(३५), मेहबुब आलम १६(२१) रन बनाएका थिए !

पुलिसका लागि दिपेन्द्र सिंह ऎरिले ५, ललित राजबन्शिले ३, कुसल भुर्तेल र सागर ढकालले समान १/१ विकेट लिएका थिए !