Cricket Himalaya
Cricket News From Top of The World

२५४ रनको लक्ष्य सामना गर्दै प्रदेश नं. २

जेठ १९, क्रिकेट हिमालय।।

प्रधानमन्त्री कप अन्तर्गत किर्तिपुर क्रिकेट मैदानमा यति बेला नेपाल पुलिस क्लब र प्रदेश नं. २ प्रतिस्पर्धा गरिरहेका छन। नेपाल पुलिस क्लबले प्रदेश नं. २ लाई २५४ रनको विजयी लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउदै २५३ रन बनाएको छ। नेपाल पुलिस क्लबका लागि अमित श्रेष्ठले ५०(४२), सुनिल धमलाले ४३(७७), अनिल शाहले ३७(५०), कुशल भुर्तेलले ३५(३२) र आरिफ शेखले ३२(४५) रन जोडेका थिए।

बलिङ तर्फ प्रदेश नं. २ का संसद शेखले ४ विकेट लिदा रसिद खानले २ विकेट लिए। त्यस्तै मेहबुब आलम, कुमार थापा र दिब्यान्सु मलिकले समान १/१/१ विकेट लिए।