Cricket Himalaya
Cricket News From Top of The World

प्रदेश ५ लाई १८५ रनको लक्ष्य

प्रधानमन्त्री कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा यति बेला एपिएफ र प्रदेश नं. ५ प्रतिस्पर्धा गरिरहेका छन। एपिएफले प्रदेश नं. ५ लाई १८५ रनको विजयी लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ४९.४ औ ओभरमा सबै विकेट गुमाउदै १८४ रन बनाएको छ। एपिएफका लागि प्रदिप ऐरिले ७७*(१३१), सन्दिप जोराले २२(२२), सरद भेषावकरले १४(४७), भुवन कार्कीले १३(२२) र आसिफ शेखले ११(२१) रन जोडेका थिए।

बलिङ तर्फ प्रदेश नं. ५ का कृष्ण कार्कीले ३ विकेट लिदा सन्दिप सुनारले २ विकेट लिए। त्यस्तौ बिक्रम भुसाल, अनिल खरेल र सिद्धान्त शाहीले समान १/१/१ विकेट लिए।