Cricket Himalaya
Cricket News From Top of The World

डोजर कान्डका ‘नायक’ सहित तीन जना बिरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा

जेष्ठ १७, क्रिकेट हिमालय

गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा लगाएको बार डोजर लगाएर भत्काएको अभियोगमा घटनाका प्रमुख योजनाकार प्रकाश कंडेलसहित तीन जना बिरुद्ध अपराधिक उपद्रो सम्वन्धि मुद्धा दायर भएको छ।

जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरी ७ दिनको म्याद लिएर थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिए।

यस ऐनको धारा २८५ अनुसार अभियोग प्रमाणीत भएमा अभियुक्तलाई तीन वर्षको जेल, ३० हजार जरिवाना र क्षतिपूर्ती भराउने सजाय हुनेछ।

घटनामा संलग्न भएको अभियोगमा अन्य १५ जनालाई अभद्र ब्यबहार सम्वन्धि मुद्धा दायर भएको छ।

श्रोत : अग्रिम नेपाल