Cricket Himalaya
Cricket News From Top of The World

कुमार थापाले लिए एक्लै ७ विकेट, प्रदेस न १ बिरुद्ध २ न प्रदेस १६१ रनले बिजयी

जेष्ठ १८, क्रिकेट हिमालय

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी प्रदेश २ र प्रदेश १ बिचको खेलमा प्रदेश १ बिजयी भएको छ !

प्रदेश १ लाई २६६ रनको विजयी लक्ष्य दिएको थियो ! टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउदै स्कोर बोर्डमा २६६ रन बनाएको थियो। प्रदेश २ का लागि ओप्निङ ब्याट्सम्यान हरिशंकर शाहले ३१(६५) र हसिम अन्सारीले २०(३७) रन जोडेका थिए।

टोलिका लागि सुरज पटेलले ७८(७०) रनको अर्धशतकिय पारी खेलेका थिए।

त्यस्तै प्रदेश २ का लागि रसिद खानले ४७(३१), विशाल सुस्लिङ २०(२६), रवि शाह २०(३६) र मेहबुब आलमले १९(२५) रन जोडेका थिए।

बलिङ तर्फ प्रदेश १ का पुष्प थापाले ३ विकेट र सरोज बस्नेतले २ विकेट लिदा कमल खत्री, फिर्दोस अन्सारी, मुकुन्द यादवले समान १/१/१ विकेट दिलाए।

लक्ष पछ्याएको प्रदेस न १ मात्र २८.५ ओभरमा अल आउट हुँदै १०४ रनमा समेटिएपछी १६१ रनको ठूलो हार बेहर्यो ! उसका लागि सन्नी पुनले ४८ बलमा २९, मिनस थापाले ३५ बलमा ३६ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अन्कमा रन बनाउन सकेनन !

प्रदेस न २ का लागि कुमार थापा एक्लै ८ ओभरमा २ मेडन सहित २२ रन दिएर ७ विकेट लिएका थिए !