Cricket Himalaya
Cricket News From Top of The World

सुरज पटेलले अर्धशतकिय पारी खेल्दा प्रदेश १ लाई २६६ रनको लक्ष्य

जेष्ठ १८, क्रिकेट हिमालय
प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी प्रदेश २ र प्रदेश १ बिचको खेलमा प्रदेश २ ले प्रदेश १ लाई २६६ रनको विजयी लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउदै स्कोर बोर्डमा २६६ रन बनाएको थियो। प्रदेश २ का लागि ओप्निङ ब्याट्सम्यान हरिशंकर शाहले ३१(६५) र हसिम अन्सारीले २०(३७) रन जोडेका थिए। टोलिका लागि सुरज पटेलले ७८(७०) रनको अर्धशतकिय पारी खेलेका थिए। त्यस्तै प्रदेश २ का लागि रसिद खानले ४७(३१), विशाल सुस्लिङ २०(२६), रवि शाह २०(३६) र मेहबुब आलमले १९(२५) रन जोडेका थिए।

बलिङ तर्फ प्रदेश १ का पुष्प थापाले ३ विकेट र सरोज बस्नेतले २ विकेट लिदा कमल खत्री, फिर्दोस अन्सारी, मुकुन्द यादवले समान १/१/१ विकेट दिलाए।