Cricket Himalaya
Cricket News From Top of The World

साहब आलमको ४ विकेट, किर्तिपुरमा आर्मी बिरुद्ध पुलिस १६१ रनमा समेटियो

१८ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नवौ दिनको खेल जेष्ठ १८ गते किर्तिपुरमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच खेल हुदैछ !

किर्तिपुरमा आर्मिले टस जितेर बलिङ रोजेको थियो, पुलिसको सुरुवात अत्यन्त कमजोर रह्यो, ११.४ ओभरमा २४ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो ! सुनिल धमला ५, अनिल साह १३(१७), अमीत श्रेष्ठले ४ रन बनाएका थिए !

चौथो विकेटको लागि दिपेन्द्र सिंह ऎरि र दिलिप नाथ बिच ३७ रनको साझेदारी भएको थियो ! दिपेन्द्रले ४९ बलमा २९ रन बनाए भने दिलिपले ३० बलमा १४ रन बनाएका थिए !

पवन सर्‍आफ ७, कुसल भुर्तेल ५ रनमा गुमाउदा पुलिस ३१.३ ओभरमा ७ विकेट गुमाउदै ९४ रनको अवस्था थियो, सातौ विकेटको लागि मन्जित श्रेष्ठ र आरिफ सेखको बिच ६० रनको साझेदारिले अन्त्यमा पुलिस अल आउट हुँदै ४८.४ ओभरमा १६१ रनमा समेटियो !

मन्जितले ६२ वलमा ३६* रन र आरिफले ५४ बलमा ३४ रन बनाएका थिए ! सागर ढकालले १, ललित राजबन्शिले ० रन बनाए !

आर्मिका लागि साहब आलमले ४, करण केसि २, सुशन भारी १, जितेन्द्र मुखिया १, कुशल मल्ल १ विकेट लिएका थिए !

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

सम्पुर्ण खेल नेपाली समय अनुसार बिहान ९.१५ बजे सुरु हुनेछन्।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

टाइसिट