Cricket Himalaya
Cricket News From Top of The World

चितवनमा डोजरले भत्किएको सम्रचना पुननिर्माण कार्यक्रम जेस्ठ १८ मा हुँदै

जेष्ठ १७, क्रिकेट हिमालय

गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्शालामा जिल्ला स्थित राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, वकिल, पत्रकार, विद्यार्थी, नागरिक समाज, स्थानीय जनसमुदायको सहभागीतामा भत्किएको संरचना पुनर्निर्माण र स्थगित निर्माण पुनअारम्भ गर्ने कार्यक्रम जेठ १८ गते विहान ७ वजे रामपुर स्थित निर्माणस्थलमा हुने भएको छ !

नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता डोजरले क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की समेत दिए पछि निर्माण कार्य स्थगित रहेको थियो !