जेष्ठ १७, क्रिकेट हिमालय
राष्ट्रिय खेलकुद परिषदको पहलमा आईसिसीले नेपालको प्रशिक्षकको रुपमा एक बर्षलाई भारतिय उमेश पटवाल प्रशिक्षकको रुपमा हायर गरेको छ । आम समर्थकहरुको जिज्ञासा अनुरुपै क्रिकेट हिमालयले सिनियर नेपाली क्रिकेटका स्टेकहोल्डर्स सङ्गको सम्पर्कमा हालसम्म नेपालमा को को बिदेशीहरु नेपाली क्रिकेटको प्रशिक्षकको रुपमा नेपालमा आए त, निकालेको छ ।
१. ब्रायन विग्गिन्स : अस्ट्रेलिया
– अस्ट्रेलियन ब्रायन विगिन्स नेपाल यु-१७ को प्रशिक्षकको रुपमा १९९९/२००० मा नेपालमा थिए ।
२. हरुन रसिद : पाकिस्तान
– पाकिस्तानका लागि २३ टेस्ट र १२ एकदिवसीय खेलेका हरुन रसिद २००० तिरै नेपाल यु-१९ टिम हेर्न नेपाल आएका थिए ।
३. बब उल्मर : इङ्ग्ल्यान्ड
– नेपाल राष्ट्रिय टिमको ब्याटिङ कन्सल्टेन्ट कोचको रुपमा १९ टेस्ट र ६ एकदिवसीय खेलेका इङ्ग्ल्यान्डका वब उल्मर २००३/०४ तिर नेपालमा थिए ।
४. अफ्ताब बालुच : पाकिस्तान
– २ टेस्ट र १७२ फर्स्ट क्लास क्रिकेट खेलेका राइट ह्यान्ड ब्याट्सम्यान एवम राइट आर्म अफब्रेक पाकिस्तानी बलर नेपालको लागि २००१ मा प्रशिक्षकको रुपमा आएका थिए ।
५. पुबुदु दसानायके : श्रीलन्का
– ११ टेस्ट र १६ एकदिवसीय खेलेका श्रीलन्काली राइट ह्यान्ड विकेटकिपर ब्याट्सम्यान नेपालको लागि २०११-१५ सम्म नेपालको लागि प्रशिक्षकको रुपमा कार्यरत रहेका थिए ।
६. रोय डायस : श्रीलन्का
– २० टेस्ट, ५८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका श्रीलन्काली राइट ह्यान्ड ब्याट्सम्यान एवम राइट आर्म अफब्रेक श्रीलन्काली बलर रोय डायस रहेका थिए ।
७. मार्वन अट्टापट्टु : श्रीलन्का
– २०१२ को डिबिजन ५ को तयारिको लागि श्रीलन्कन मार्वन अट्टापट्टुले नेपालको रास्ट्रीय टिम हेरेका थिए ।
८. बेन्कटपथी राजु : भारत
– २८ टेस्ट, ५३ एकदिवसीय क्रिकेट खेलेका भारतिय राइट ह्यान्डेड ब्याट्सम्यान एवम स्लो लेफ्ट आर्म अर्थोडक्स बलर बेन्कटपथी राजुले नेपालमा यु-१९ टिम २०१७ मा ब्याटिङ कन्सल्टेन्ट कोचको रुपमा हेरेका थिए ।
९. डेभ वाटमोर : अस्ट्रेलिया
– अस्ट्रेलियन डेभ वाटमोरले २०१७ मा दुई हप्ताको लागि विश्व क्रिकेट लिग अन्तर्गत केन्या बिरुद्धको खेल अघि नेपाली राष्ट्रिय क्रिकेट टिम हेरेका थिए । ब्याट एन्ड बल फाउन्डेसनले उनलाइ निमन्त्रणा गरेको थियो ।
१०. मोन्टी देसाइ : भारत
– भारतिय मोन्टी देसाइले राष्ट्रिय क्रिकेट टिम सङ्ग २०१५ मा टि२० बिश्वकप छनोटमा र नेपाल यु-१९ को २०१७ मा भएको यु-१९ एसियन इस्टर्नको बेला ब्याटिङन्सल्टेन्ट कोचको रुपमा नेपाल सङ्ग आवद्ध भएका थिए ।
११. सुलक्षण कुलकर्मी : भारत
– २०१७ को अन्त्य तिर सम्पन्न विश्व क्रिकेट लिग डिबिजन टु अन्तर्गत सुलक्षण कुलकर्मी नेपालको ब्याटिङ कन्सल्टेन्ट प्रशिक्षकको रुपमा रहेका थिए ।
१२. अपुर्ब देसाइ : भारत
– गुजरात, भारतका पुर्ब प्रथम श्रेणी क्रिकेटर एवम बिसिसीआई का लेबल थ्री प्रशिक्षक अपुर्ब देसाइ २०१८ को एसिया कप क्वालिफायरको लागि नेपालको ब्याटिङ कन्सल्टेन्ट कोच भएका थिए ।
१३. उमेस पटवाल : भारत
– फर्स्ट क्लास क्रिकेटर उमेश पटवालले २०१८ मा टि-२० सिरिज र एकदिवसीयको बेला कन्सल्टेन्ट ब्याटिङ कोचको रुपमा नेपाली क्रिकेट टिमसङ्ग आवद्ध रहेका थिए ।