Cricket Himalaya
Cricket News From Top of The World

खुल्ला क्रिकेटको उपाधी त्रिपुरा एकेडेमी लाई

जेठ १७, क्रिकेट हिमालय

गणतन्त्र दिवसको अवसरमा क्रिकेट संघ दोलखा द्वारा सदरमुकाम चरिकोट स्थित टुडिखेल खेलमैदानमा आयोजित खुल्ला क्रिकेट प्रतियोगिता – २०७६ को उपाधी माथी त्रिपुरा ग्लोरियस एकेडेमीले उपाधी माथी कब्जा गरेको छ।

आज भएको फाइनल खेलमा त्रिपुरा ग्लोरियस एकेडेमीले चरिकोट युथ क्लबलाइ १४२ रनले पराजित गर्दै उपाधी कब्जा गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको त्रिपुरा ग्लोरियस एकेडेमीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै २७६ रनको विशाल लक्ष्य खडा गरेको थियोे। त्रिपुरा ग्लोरियस एकेडेमीको लागि अरनिको यादवले १४६ रनको शतकिय पारी खेलेका थिए।

(विजयी र्‍यालीमा त्रिपुरा)

२७७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको चरिकोट युथ क्लबले निर्धारित ओभरको खेलमा १३४ रनमा अलआउट भएको थियो।
खेलमा १४६ रनको शतकिय पारी र महत्त्वपूर्ण ४ विकेट लिएका त्रिपुरा ग्लोरियस एकेडेमीका अरनिको यादवले खेलको म्यान अफ दि म्याच र म्यान अफ दि सिरिजको उपाधी कब्जा गरे।

उपाधी विजेता त्रिपुरा ग्लोरियस एकेडेमीले नगद रु. ५५,५५५ र उपविजेता चरिकोट युथ क्लबले नगद रु. २५,५२५ सहित ट्रफी हात पारे।