जेष्ठ १७, क्रिकेट हिमालय
भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पर्खाल डोजर लगाई भत्काएको आरोपमा पक्राउ परेकाहरूलाई बिनाशर्त रिहा गर्न पाँच टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गर्दै माग गरेका छन् ।
शुक्रबार जारी विज्ञप्तिमा प्रकृति टोल सुधार समितिका सदस्य आस्था गुरुङ, राधाकृष्ण टोल विकास संस्थाका कोषाध्यक्ष कल्पना भट्टराई, पालुवा टोल सुधार समितिका अध्यक्ष मीनबहादुर बस्नेत, शान्तिदीप एकता टोल संस्थाको सचिव बाबुराम भट्टराई र रामपुर टोल विकास संस्थाका सचिव रिता बस्ताकोटी लगायतकाल हस्ताक्षर गरेका छन् ।
स्थानीयवासीलाई प्रत्यक्ष प्रभाव पर्ने र निकट भविष्यमा उठिबास समेत हुनसक्ने भएकोले स्वतःस्फुर्त रुपमा स्थानीयले उक्त बारलाई भत्काएको विज्ञप्तिमा दाबी गरिएको छ ।
‘उक्त बारलाई भत्काउँदै गर्दा प्रहरी प्रयोग गरी स्थानीयवासीलाई धरपकड गरि जिल्ला प्रहरी कार्यालयको थुनामा राखि कारबाही अगाडि बढाइएको उक्त धरपकडको घोर भर्त्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।