Cricket Himalaya
Cricket News From Top of The World

गन्डकी प्रदेस बिरुद्ध ६ विकेटले बिजयी हुँदै एपिएफ ग्रुप एको शीर्षस्थानमा

१७ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आठौ दिन मुलपानीमा एपिएफ र गन्डकी प्रदेसबिच खेल हुदैछ !

टस हारेर सुरुमा ब्याटिङ गरेको गन्डकीले ४३ ओभरमा झारिएको खेलमा अनिल गुरुङ ११(४३), राहुल शर्मा १४(५९), आकास थापा १९(४७) रन बनाएका थिए !

३४.४ ओभरमा ८८ रनमा ७ विकेट गुमाएको गन्डकी अन्त्यमा ४१.२ ओभरमा १० विकेट गुमाउदै १२५ रन बनाएको थियो !

आठौ विकेटका लागि दिपेस श्रेष्ठ र बिपिन खत्री बिच १९ रनको साझेदारी भएको थियो ! दिपेसले ३५ बलमा २७ रन बनाए भने बिपिनले १४ बलमा १७ रन बनाएका थिए ! किसोर महतोले १३ बलमा १५ रन बनाएका थिए !

एपिएफका लागि भुवन कार्की ३, अमर सिंह राउटेला २, सरद भेषावकर २, यग्यमान कुमाल २, कमल सिंह ऎरि १ विकेट लिएका थिए !

लक्ष पछ्याएको एपिएफले २३ ओभरमा ४ विकेट गुमाउदै १२७ रन बनाएपछी ६ विकेटको जित हात पार्यो !

आसिफ सेखले १९ बलमा २० रन, प्रदिप ऎरि ३० बलमा ३३ रन बनाएका थिए !

तेश्रो विकेटको लागि सरद भेषावकर र सन्कर राना बिच १७ रनको साझेदारी भएको थियो ! सरदले ५४ बलमा ३५* रन बनाए भने शन्करले ३ रन बनाए ! सुमित महर्जन ९ रनमा आउट भएका थिए !

गन्डकी प्रदेसका लागि किसोर महतो १, दिपेस श्रेष्ठ ३ विकेट लिएका थिए !

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

सम्पुर्ण खेल नेपाली समय अनुसार बिहान ९.१५ बजे सुरु हुनेछन्।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।