Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली बिरुद्ध प्रदेस न १ का सिद्धान्त लोहनिको अर्धसतक

१६ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आठौ दिन किर्तिपुरमा प्रदेस न १ र कर्णाली प्रदेस बिच खेल हुदैछ !

टस हारेर सुरुमा ब्याटिङ गरेको प्रदेस न १ मध्यम सुरुवात गर्यो, २६.१ ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाउदा राजन मगर २२ बलमा १६, सन्नी पुन ६३ बलमा ३४, मिनस थापा १३ बलमा १३, मुकुन्द यादब ३ रन बनाएका थिए !

पाचौ विकेटका लागि सिद्धान्त लोहनी र पुस्प थापा बिच रनको साझेदारी भएको थियो !

सिद्धान्त लोहनिले ७६ बलमा ५० रन प्रहार गरेका छन !

कर्णालिका लागि ललित प्याकुरेल २, सुदन पोख्रेल १, प्रकाश जैसी १ विकेट लिएका छन !

प्रदेस न १ : १५१/४ (३७)

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

सम्पुर्ण खेल नेपाली समय अनुसार बिहान ९.१५ बजे सुरु हुनेछन्।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।