Cricket Himalaya
Cricket News From Top of The World

स्टेडियम निर्माणस्थलमा गरिएको ‘डोजर कान्ड’ पस्चातका १० प्रमुख घटना

जेष्ठ १६, क्रिकेट हिमालय

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अकस्मात रुपमा स्थानियको नाम दिदै अराजक ब्यक्तिहरुले डोजर लगाएर तारबार तहस नहस पारेपछी सुरक्षाको पुर्ण अनुभूति नभएसम्मकालाइ निर्माण कार्य स्थगित गरिएको बिग्यप्ती धुर्मुस सुन्तली फाउन्डेसनले निकालेपछि अनेक बहस छलफल जारी छ !

के के भयो त अहिलेसम्म ?

१. निर्माणाधिन रंगशालाको पश्चिम तर्फको सडक सङ्ग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए, ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने र त्यो बिश्वबिद्धालयको जग्गाबाटै हुन पर्ने माग थियो !

२. स्थानीय अगुवासँग यस विषयमा पटकपटक फाउन्डेसनका तर्फबाट सिताराम कट्टेलले कुरा गरे, स्टेडियमको डिपिआर आएपछि जग्गाको अवस्था अनुसार निर्णय लिन सकिने, १० मिटर फराकिलो भए पुग्ने र सो जग्गा आफुले उपलब्ध गराउने भन्दै एक खालको सहमती चार दिन अघि भयो !

३. स्थानिय अगुवाहरु सङ्गको सहमती बिपरित क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार मात्र भत्काएनन उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिए !

४. नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।

५. स्थानीयको नाममा अराजक व्यक्तिहरुले बार भत्काएपछि रंगशालाको काम अगाडि वढाउन नसकिने भन्दै धुर्मुस सुन्तली फाउन्डेसले विज्ञप्ति जारी गर्यो !

६. घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ

७. चितवनका राजनैतिक दल र स्थानिय प्रशासनले एक सेकेण्ड पनि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम नरोक्न धुर्मुस सुन्तलीलाई आग्रह गरे सङ्गै सर्वपक्षिय छलफलका क्रममा घटनामा संलग्नलाई कानुन अनुसार कडा कार्वाही गर्नुपर्ने माग राखे !

८. अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ

९. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न स्थानीय नेता प्रकाश कँडेललाई निलम्बन गर्यो !

१०. समर्थकहरुको तर्फबाट एन सि एस एस, प्रशिक्षक, खेलाडीहरु, जिल्ला क्रिकेट संघ लगायतका सम्पुर्ण नेपाली क्रिकेटका स्टेकहोल्डर्स बाट बिरोध, बिग्यप्ती सहित दोसिमाथी कारबाही र पुर्ण सुरक्षाको अनुभूति फाउन्डेसनलाई निर्माण छेत्रमा दिन माग