Cricket Himalaya
Cricket News From Top of The World

प्रदेश ५ लाई १८९ रनको बिजय लक्ष्य प्रस्तुत,खडक बोहराको अर्धशतक

१६ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सातौ दिनको किर्तिपुर TU ग्राउन्डमा भएको आज एक मात्रै खेलमा सुदुरपश्चिम् प्रदेश र प्रदेश ५ बिच खेल भैरहेको छ ।
टस जिति पहिला ब्याटिङ रोजेको सुदुरपश्चिम् ले ४९.५ ओभरमा सबै विकेट गुमाउदै १८८ रनमा समेटिएको छ ।
सुदुरपश्चिम् प्रदेशको लागि खडक बोहोराले १०७ बलमा ७ चौका र १ छ्क्काको मद्दतमा ६२ को अर्धशतकिय पारी खेले एस्तै,नरेश बोहराले ३१ , नरेश साउद २१ तथा लोकेश बमले १९ रनको योगदान दिए

प्रदेश नम्बर ५ को लागि सिद्धान्त राज साहि , जितेन्द्र सहानि र कृष्ण कार्किले २ /२ तथा अनिल खरेल , सन्दिप सुनार तथा बिक्रम भुसालले समान १/१ विकेट लिए ।
प्रदेश ५ ले अब केही बेरमा जवाफी ब्याटिङ गर्नेछ