Cricket Himalaya
Cricket News From Top of The World

डे/नाइट टि१० सुनसरी प्रीमियर लिगको उपाधी बिजेता ‘पटना’

जेष्ठ १६, क्रिकेट हिमालय

सुनसरी युथ क्लबको आयोजनामा जेष्ठ ३-१५ सम्म हुँदै गरेको ‘सुनसरी प्रीमियर लिग टि१० (SPL T10)’ प्रतियोगिता अन्तर्गत भारतिय टिम पटनाले मुजफ्फरपुरलाई पराजित गर्दै उपाधी जितेको छ !

प्रतियोगितामा नेपाली र भारतिय क्लबहरु गरि कुल ६ टिमहरु सहभागी रहेका थिए ! बिजेताले नगद रु १.५ लाख र उपबिजेताले रु १ लाख प्राप्त गरेका थिए !

टस जितेर सुरुमा ब्याटिङ गरेको पटनाले १० ओभरमा ६ विकेट गुमाउदै ११९ रन बनाएको थियो ! सतिस कुमारले १२ बलमा ३४ रन, मनिस गिरिले १७ बलमा ३३ रन बनाएका थिए !

मुजफ्फरपुरका पप्पुले २, तुसार, मयन्क र सकिबुलले समान १/१ विकेट लिएका थिए !

लक्ष पछ्याएको मुजफ्फरपुर १० ओभरमा ९ विकेट गुमाएर ८२ रनमा समेटिएपछी ८२ रनले पराजित रह्यो ! दिपकले १३ बलमा २२, बिपिनले १० बलमा २१ रन बनाएका थिए !

पटनाका लागि निमेष शर्माले २ ओभरमा १ मेडन सहित ३ रन दिएर ५ विकेट लिएका थिए भने सतिस कुमार, पवन कुमार, मनोहर झाले समान १/१ विकेट लिएका थिए !

पटनाका जेसन भिनवासी बेस्ट ब्याट्सम्यान भएका थिए भने धनगढीका सागर भन्डारी बेस्ट ब्याट्सम्यान घोसित भएका थिए !

पटनाका सतिस कुमार म्यान अफ द सिरिज भएका थिए, सुनसरी युथका मामुन रसिद खान र रसिद सोनि इमर्जिङ प्लेयर भएका थिए !