Cricket Himalaya
Cricket News From Top of The World

लुम्बिनी मेयर कपको उपाधिको लागि वडा नम्बर ५ र वडा नम्बर ६ भिड्ने ।

क्रीकेट हिमालय, रुपन्देही ,जेठ १५

युथ कोलाब्रेटी फार ग्रीन नेपालको आयोजना , लुम्बिनी कसाइ क्रीकेट क्लबको सह आयोजना तथा लुम्बिनी सास्कृतिक नगरपालिकाको सहयोगमा लुम्बिनीको बुद्ध आदर्श स्कुलको ग्राउन्ड जारी प्रथम लुम्बिनी मेयर कपको उपाधिको लागि वडा नम्बर ६ र वडा नम्बर ५ भिड्ने भएका छन । आज सम्पन्न दुबै सेमिफाइनल खेलमा स्पष्ट जित निकाल्दै दुबै टिम फाइनल प्रवेश गरेका हुन ।
आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ७ बिरुद्ध वडा नम्बर ६ ४ विकेटले बिजयी भएको छ ।टस हारि पहिला ब्याटिङ सुरु गरेको वडा नम्बर ७ ले २० ओभरमा ९ विकेट गुमाउदै १०६ रनको योगफल खडा गरेको थियो। वडा नम्बर ७ को लागि अकलेशले २२ तथा अर्फतले २१ रनको योगदान दिए । वडा नम्बर ६ को लागि
अबेन्दुर रहमान र इस्तिकरले समान ३/३ तथा समिमले २ विकेट लिए
१०७ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको वडा नम्बर ६ ले १७ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।वडा नम्बर ६ को जितमा सुरज राना र जमसेदले समान २१/२१ तथा इस्तिकरले १३ रनको योगदान दिए ।वडा नम्बर ७ को लागि गोबिन्दले ३ तथा अर्फतले १ विकेट लिए ।

एस्तै आज भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १० बिरुद्ध वडा नमूना ५ १०५ रनले बिजयी भएको छ ।पहिला ब्याटिङ गरेको वडा नम्बर ५ ले २० ओभरमा ९ विकेट गुमाउदै १८४ रन बनाएको थियो। वडा नम्बर ५ को लागि जाबेदले ४४ , रसिदले २६ तथा जमिलले १७ रनको योगदान दिए ।वडा नम्बर १० को लागि कृष्ण ४ तथा मुकेस र बिबेक ले समान २/२ विकेट लिए ।
१८५ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको वडा नम्बर १० ले १०.२ ओभरमा सबै विकेट गुमाउदै ७९ रनमा खुम्चिएको थियो।।
वडा नम्बर १० को लागि सरोजले १६ तथा शिवकुमारले १३ रनको योगदान दिए। वडा नम्बर ५ को लागि जमिलले ३ तथा समीरले २ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच जमिल घोषित भए ।
अब वडा नम्बर ६ र ५ बिचको फाइनल खेलहरु जेठ १८ गते सनिबार हुनेछ।

प्रतियोगिता बिजेताले ६० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र र उपबिजेताले ४५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । एस्तै प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ म्यान अफ दि सिरिज ,बेस्ट ब्याट्म्यान , बेस्ट बलर साथै हरेक खेलको म्यान अफ दि म्याचलाई पनि आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।