Cricket Himalaya
Cricket News From Top of The World

आयुश श्रेष्ठलाई अध्यक्ष चयन गर्दै जिल्ला क्रिकेट संघ सप्तरिको निर्वाचन सम्पन्न

जेष्ठ १५, क्रिकेट हिमालय

आयुस श्रेष्ठलाई अध्यक्ष चयन गर्दै जिल्ला क्रिकेट संघ सप्तरीको नया कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ !

अध्यक्ष – आयुस श्रेष्ठ, उपाध्यक्ष – धर्मेन्द्र चौधरी, सचीव – चन्दन यादब, कोषाध्यक्ष – तुलानाथ माझी

सदस्यहरु : सतिश सिंह, इर्साद अन्सारी, विरेन्द्र यादव
अनवर अली, सन्जय कार्की, मनोज साह, शम्भु दास
रन्जित चौधरी, जगरनाथ साह, रोशन मण्डल, निरज सिंह

नेपाल क्रिकेट संघको बिधान २०५५ (सन्सोधन सहित) को धारा २२(३) बमोजिम गठन भएको ५ सदस्यिय ‘स्वतन्त्र टोलि’ ले बिधानको धारा २३(५) बमोजिम बिस्तृत अध्ययन गरि तयार गरेको प्रतिबेदनमा जिल्लाहरुको चार वर्गीकरण गरिएको थियो !

२० जिल्लाहरुलाइ सदर अर्थात पुरानै निर्वाचनलाई मान्यता दियिएको थियो भने सप्तरी सहित ७ जिल्लाहरुलाइ पुन निर्वाचन गर्न पर्ने तर सदस्यता नया बाडन नपर्ने, ६ जिल्लाहरुलाइ नया सदस्यता बितरण गर्दै पुन निर्वाचन गर्नपर्ने र ६ जिल्लाहरुला अप्रयाप्त सन्ख्यामा सदस्यहरु भएतापनी एक मौका दिने निर्णय दिएको थियो !

सोही निर्देसन अनुरुप सप्तरी जिल्ला क्रिकेट संघको पुन निर्वाचन आज भएको हो !

स्वतन्त्र समितिले वर्गीकरण गरेका जिल्लाहरु

सदर जिल्लाहरुमा सर्लाही, बारा, धनुषा, सिराहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, परासी, कपिलवस्तु, बर्दिया, बाके, सुर्खेत, रुपन्देही, कंचनपुर, डडेलधुरा, बझाङ, अछाम, बैतडी रहेका थिए !

पुन निर्वाचन गर्नुपर्ने तर पुन सदस्यता बाडन नपर्ने जिल्लाहरुमा महोत्तरी, काठमाडौ, चितवन, मोरङ, कैलाली, सप्तरी, दाङ रहेका छन !

त्यस्तै पुन निर्वाचन सहित सदस्यता नया समेत बाडन पर्ने जिल्लाहरुमा पर्सा, मकवानपुर, उदयपुर, तनहु, भक्तपुर, ललितपुर रहेका छन !

अप्रयाप्त सदस्य भएका जिल्ला/सदस्यता खारेज भएता पनिएक मौका दिने निर्णय भएका जिल्लाहरुमा नुवाकोट, इलाम, झापा, स्याङ्जा, दार्चुला, डोटि रहेका छन !