Cricket Himalaya
Cricket News From Top of The World

प्रदेश २ को पहिलो जित दर्तां, हरि शंकर साहको अर्धशतक

१५ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत छैठौ दिनको किर्तिपुर TU ग्राउन्डमा सम्पन्न खेलमा कर्णाली प्रदेश लाई ९ विकेट ले हराउदै प्रदेश २ ले पहिलो जित दर्ता गरेको छ ।टस जिति पहिला ब्याटिङ रोजेको कर्णाली प्रदेशले ३०.४ ओभरमा सबै विकेट गुमाउदै ९३ रनमा समेटिएको थियो ।कर्णाली प्रदेशको लागि रबिन्द्र जङ साहिले १४ , प्रकाश् जैसिले ३७ रन बाहेक अन्य कुनैपनी ब्याट्म्यानले दोहोरो अन्क बनाउन सकेनन ।

प्रदेश नम्बर २ को ,कुमार थापा ३ , साम्सद सेख , हरि शंकर साह र रसिद खानले समान २/२ तथा दिब्यन्सु मल्लिकले १ विकेट लिए ।

९४ रनको समान्य बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको प्रदेश २ ले १६ ओभरमा मात्रै १ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । प्रदेश २ को जितमा हरि शंकर साहले ६४ बलमा ७ चौका को मद्दतले ५५ रनको अर्धसतकिय पारिको योगदान दिए । एस्तै हसिम अन्सारीले १७ तथा रबि साहले १६ रन बनाए ।
कर्णाली प्रदेशको लागि एक मात्र सफल बलर प्रकाश जैसिले १ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच प्रदेश २ का हरि शंकर साह घोषित भए ।