Cricket Himalaya
Cricket News From Top of The World

अमीत श्रेष्ठको सतक, पुलिस द्वारा प्रदेस न १ लाई १८६ रनको लक्ष

१५ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत छैठौ दिनको खेलमा आज मुलपानीमा नेपाल पुलिस क्लब र प्रदेस न १ बिच हुदैछ !

मुलपानीमा टस जितेको पुलिसले सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, सुरुवात अत्यन्त कमजोर रह्यो ! पुलिसले ११.२ ओभरमा ४५ रन बनाउदा ५ विकेट गुमाइसकेको थियो !

पवन सर्‍आफले ६ बलमा १०, अनिल साह ४, दिपेन्द्र ऎरि २, आरिफ सेख ४, दिलिप नाथ १ रनमा आउट भएका थिए !

छैठौ विकेटको लागि अमीत श्रेष्ठ र कुसल भुर्तेल बिच ६८ रनको साझेदारीले उकासिएको पुलिस अन्त्यमा ४३.१ ओभरमा अल आउट हुँदै १८५ रनमा समेटिएको थियो !

अमीत श्रेष्ठले ११८ बलमा १०६ रन प्रहार गरेका थिए !

कुसलले ३८ वलमा २४ रन बनाए ! मन्जित श्रेष्ठले १८ बलमा ११ रन, राम नरेस गिरिले २४ बलमा ११ रन बनाएका थिए !

प्रदेस न १ का लागि के खत्री २, फिर्दोस अन्सारी २, पुस्प थापा २, दिपेस कडेल २, सिद्धान्त लोहनी २ विकेट लिएका थिए !

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

सम्पुर्ण खेल नेपाली समय अनुसार बिहान ९.१५ बजे सुरु हुनेछन्।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

टाइसिट