Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रदेशद्वारा प्रदेश २ लाई ९४ रनको सामान्य लक्ष्य प्रस्तुत ।

१५ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत छैठौ दिनको किर्तिपुर TU ग्राउन्डमा जारी खेलमा कर्णाली प्रदेशले प्रदेश २ लाई ९४ रनको सामान्य बिजय लक्ष्य प्रस्तुत गरेको छ । टस जिति ब्याटिङ रोजेको कर्णाली प्रदेशले ३०.४ ओभरमा सबै विकेट गुमाउदै ९३ रनमा समेटिएको थियो ।कर्णाली प्रदेशको लागि रबिन्द्र जङ साहिले १४ , प्रकाश् जैसिले ३७ रन बाहेक अन्य कुनैपनी ब्याट्म्यानले दोहोरो अन्क बनाउन सकेनन ।

प्रदेश नम्बर २ कोलागि ,कुमार थापा ३ , साम्सद सेख , हरि शंकर साह र रसिद खानले समान २/२ तथा दिब्यन्सु मल्लिकले १ विकेट लिए ।

अब केहि बेरमा प्रदेश २ ले जवाफी ब्याटिङ गर्नेछ