Cricket Himalaya
Cricket News From Top of The World

गौतम बुद्ध क्रीकेट रंगशाला सहयोगको लागि NCSS चितवन र रुपन्देही बिच मैत्रीपुर्ण खेल हुने

क्रीकेट हिमालय , जेठ १५

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामापुरमा ३ अर्व लगनिमा निमार्ण गर्न लागेको निर्माणाधीन गौतम बुद्द अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको सहयोगको लागि नेपाली क्रीकेट समर्थन समाज( NCSS)का २ जिल्ला NCSS रुपन्देही र NCSS चितवन बिच मैत्रीपुर्ण टि ट्वान्टी खेल आयोजना हुने भएको छ । जेठ १८ गते हुने खेल भरतपुर स्थित बिरेन्द्रनगर बहुमुखी क्याम्पसको ग्राउन्डमा सम्पन्न हुनेछ ।उक्त खेलको लागि दुबै जिल्लाहरु आफ्नो आफ्नो तयारीमा लागि परेका छ । उक्त खेल बाट सन्कलित रकम धुर्मुस सुन्तली फाउन्डेसन हस्तान्तरण गरिने दुबै जिल्ला समन्वय समितिले जनाएका छन । साथौ मैत्रीपुर्ण खेल सम्पन्न लगत्तै रंगशाला निर्माणको लागि दुबै जिल्लाहरुले श्रम दान गर्ने कार्यक्रम रहेको बताइएको छ । NCSS चितवन टिम बिकास पान्डे[कप्तान],विशाल पौडेल [उप कप्तान],विशाल घिमिरे ,बिक्रम घिमिरे ,प्रकाश् रेग्मी ,उमङ लोहनी ,केदार सर्मा ,मनिश लामिछाने ,सन्जय ओझा ,रबिन ओझा ,प्रवेश पौडेल ,बादल अधिकारी ,पारस घिमिरे ,सबिन पुरी र नवीन ओलिया रहेका छन । टिम कोच रेजिना बस्नेत ,टिम म्यानेजर दिनेश नैसा तथा
बलिङ कोचमा उत्तम सर्मा रहेका छन ।
“नेपाली क्रीकेटले एति ठुलो सफलता हासिल गरिरहेको यो अबस्थामा राम्रो स्तरीय क्रीकेट मैदान बनाउने कार्यमा लागेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग होस भन्ने अभिप्राय हामी यो सानो कार्यक्रम आयोजना गर्न लागेका हौ” NCSS चितवन मेम्बर रेजिना बस्नेत ।

NCSS रुपन्देही टिम मोहन ज्ञवाली [कप्तान],नारायण अधिकारी [उपकप्तान], तारा प्रसाद पाठक ,महेश खनाल ,सागर भट्टराई ,सन्दिप राउत क्षेत्री,सिबराज गौतम ,सागर पङेनी ,प्रकाश घिमिरे,रमेश पान्डे , सुदिप घिमिरे ,दिनेश पान्डे र शुभम भण्डारि रहेका छन । टिम कोच राजु राना,तथा टिम म्यानेजरमा माधब सर्मा रहेका छन ।
“बास्तममा हामी खेलाडी नै होइनन् स्वतन्त्र क्रीकेट समर्थक साथै एउटा गैर नाफामुलक सस्थाका अफिसियल मेम्बर हरुबिच खेलिमे खेल भएकाले पुर्ण रूपमा रंगशाला सहयोग को लागि यो कार्यक्रम गर्न लागेका छौ” NCSS रुपन्देही सम्योजक तारा प्रसाद पाठक