Cricket Himalaya
Cricket News From Top of The World

सिपिएलको टाइसिट सार्बजनिक, सन्दिप आवद्ध बार्बाडोसको पहिलो प्रतिद्वन्दी गुयना

जेष्ठ १५, क्रिकेट हिमालय

७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो पहिलो खेल सेप्टेम्बर ८ (भाद्र २२) मा गुयना अमेजन वारियर्स बिरुद्ध खेल्नेछ !

नेपाली युवा स्टार सन्दिप लामिछानेलाई बार्बाडोस ट्रीडेन्ट्सले आवद्ध गरेको थियो !

सिपिएल ईतिहासमै सर्वाधिक खेलाडीहरु २० राष्ट्रबाट ५३६ जना खेलाडीले नाम दर्ता गराएका थिए !

टि-२० फर्म्याटमा हुने प्रतियोगिताको ड्राफ्टमा सहभागी ५३६ विदेशि खेलाडीमा नेपालबाट सन्दिप लामिछाने, सोमपाल कामी, दिपेन्द्र सिह ऐरी र रोहित कुमार पौडेल सहभागी थिए !

सन २०१६ बाट नेपाल यु१९, नेपाल राष्ट्रिय हुदै विभिन्न देशका विभिन्न लिग खेलिरहेका लामिछाने छैटौं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) पनि खेलेका थिए ।

अघिल्लो सिजन सेन्ट किट्स एन्ड नेभोईस प्याट्रोईट्समा ५ हजार अमेरिकी डलरमा आवद्ध भएका लामिछानेले जम्मा ५ खेल खेल्दै १७ ओभरमा १ ओभर मेडन गर्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।

सन्दीप लामिछानेको संक्षिप्त प्रदर्शन हेर्दा बलिङ तर्फ एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेलमा १५ विकेट, टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ५ खेलमा ५ विकेट, लिस्ट एमा ३० खेलमा ६२ विकेट र टि-ट्वान्टीमा ४२ खेलमा ५३ विकेट छ भने ब्याटिङ तर्फ एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेलमा ४० रन, टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ५ खेलमा ६ रन, लिस्ट एमा ३० खेलमा ७९ रन र टि-ट्वान्टीमा ४२ खेलमा २१ रन छ ।

क्यारेवियन प्रीमियर लिग (CPL)

टि२० फर्म्याटमा वेस्ट इन्डिजमा सन्चालन हुने सिपिएल ६ वटा टिमहरु रहेका छन !

१. बार्बाडोस ट्रीडेन्ट्स २. गुयाना अमाजोन वारियर्स ३. जमैका तल्लावह ४. सेन्ट किट्स एन्ड नेभिज प्याट्रीयट्स ५. सेन्ट लुसिया स्टार्स ६. ट्रीन्बागो नाइट राइडर्स

वेस्टईन्डिजमा आयोजना हुने ७ औ संस्करणको सिपिएल आगामी सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म हुदैछ !