Cricket Himalaya
Cricket News From Top of The World

राखेप द्वारा अनिवार्य अवकास प्राप्त क्रिकेट प्रशिक्षक ‘सुनोज भट्टराई’ को बिदाइ

जेष्ठ १४, क्रिकेट हिमालय

रास्ट्रीय खेलकुद परिषदले आज एक कार्यक्रम बिच क्रिकेट प्रशिक्षक सुनोज भट्टराई सङ्गै अनिबार्य अवकास प्राप्त अन्य पदाधिकारीलाई बिदाइ गरेको छ !

उमेरहद (५८ वर्ष) का कारण अनिवार्य अवकास पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, क्रिकेट प्रशिक्षक सुनोज भट्टराई र सुटिङ प्रशिक्षक प्रदीप खातीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट लगायतका कर्मचारीले मायाको चिनो प्रदान गरी बिदाइ गरे ।

रानाभाटले बिहीबारदेखि अनिवार्य अवकास पाउदै छन् भने बाँकी दुईले केहि दिनअघि अनिवार्य अवकास पाएका थिए ।