Cricket Himalaya
Cricket News From Top of The World

कर्णालीका दिनेस प्याकुरेलको प्रयास असफल, आर्मी ११७ रनले बिजयी

१४ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पाचौ दिनको खेलमा मुलपानीमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदे लाई ११७ रनले पराजित गरेको छ !

टस हारेर आर्मीले सुरुमा ब्याटिङ गरेको थियो, ५० ओभरमा ९ विकेट गुमाउदै २९० रन बनाएको थियो ! हरिकृश्न झा र राजु रिजालले क्रमस ५२(१००) र ६६(७८) रन बनाएका थिए ! रोहित पौडेलले ५१ बलमा ५६ रन रन र करण केसिले २८ रन बनाएका थिए !

कर्णालिका लागि ललित प्याकुरेलले ५ विकेट लिए भने रविन्द्र साहिले २ र प्रकाश जैसिले १ विकेट लिएका थिए !

ठूलो लक्ष पछ्याएको कर्णाली ३५.१ ओभरमा अल आउट हुँदै १७३ रन बनाएपछि ११७ रनले पराजित रह्यो ! सुसान्त थापाले ३१, रविन्द्र साहिले १३, दिनेस अधिकारिले ११, दिवान पुनले ३३ बलमा ३६, ललित प्याकुरेलले २८* रन र युनिस बिक्रम सिंहले २७ रन बनाएका थिए !

कर्णालिले अन्तिमा विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो !

आर्मिका लागि सुशन भारिले ४, करण केसिले २, हरि चौहान, साहब आलम, कुसल मल्लले समान १/१ विकेट लिएका थिए !