Cricket Himalaya
Cricket News From Top of The World

गन्डकी प्रदेस १०८ रनमा सिमित, पारस खडका र सुर्य तामाङ्गको ४/४ विकेट

१३ जेठ, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पाचौ दिनको खेल किर्तिपुरमा प्रदेस न ३ र गन्डकी प्रदेस, मुलपानीमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेस बिच हुदैछ !

किर्तिपुरमा गन्डकी प्रदेसले टस जित्दै ब्याटिङ रोजेको थियो, राहुल शर्मा ४० बलमा १२, आकास थापा ४६ बलमा २८, सुमन घिमिरे ३२ बलमा ३४ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अन्कमा रन बनाउन सकेनन !

गन्डकी ३०.१ ओभरमा अल आउट हुँदै १०८ रन बनाएका थिए !

प्रदेस न ३ का लागि पारस खडका र सुर्य तामाङले समान ४/४ विकेट, नन्दन यादबले २ विकेट लिएका थिए !