Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप चौथो दिन : मुलपानीमा प्रदेस न ५ बिरुद्ध प्रदेस न ३ बिजयी

जेष्ठ १३, क्रिकेट हिमालय

तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको मुलपानीमा सम्पन्न खेलमा प्रदेस न ३ ले प्रदेस न ५ लाई ९ विकेटले पराजित गरेको छ !

मुलपानीमा टस हारेको प्रदेस न ५ सुरुमा ब्याटिङ गर्यो, १०० रन पुग्दा ७ विकेट गुमाइसकेको प्रदेस न ५ ले अन्त्यमा ४२ ओभरमा अल आउट हुँदै १२२ रन बनाएको छ !

सन्दिप सुनारले १५ बलमा १४, सुबेन्दु पान्डेले ३९ बलमा २०, सुरज दराइले ३७ बलमा १८, सौरभ खनालले २९ बलमा १३ रन बनाएका थिए !

प्रदेस न ३ का लागि प्रतिस जिसि १ सुर्य तामाङ्गले ३, नन्दन यादबले २, पारस खडकाले ४ विकेट लिएका थिए !

झिनो लक्ष पछ्याएको प्रदेस न ३ ले उत्कृष्ट सुरुवात गरेको थियो ! रित गौतम र रविन जोशी बिच पहिलो विकेटको लागि १०.५ ओभरमा ७२ रनको साझेदारी भएको थियो ! रितले २९ बलमा ३७, रविनले ४१ बलमा ३५ रन बनाएका थिये !

कप्तान पारस खडका र अबिसेक बस्नेतलाइ ब्यक्तिगत १ र २ रनमा गुमाएको प्रदेस न ३ थोरै दवावमा आएतापनी ४ विकेट गुमाउदै लक्ष सहजै २१.५ ओभरमा पूरा गर्दै ६ विकेटले बिजयी रह्यो !

इसान पान्डेले ३० बलमा २१* रन बनाए भने आदिल खानले १२* रन बनाएका थिए !

प्रदेस न ५ का लागि अनिल खरेलले २, सिद्धान्त राज साहिले २ विकेट लिएका थिए !

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

सम्पुर्ण खेल नेपाली समय अनुसार बिहान ९.१५ बजे सुरु हुनेछन्।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

टाइसिट