Cricket Himalaya
Cricket News From Top of The World

प्रथम जटायु कप, कावासोती : तेश्रो दिन सुपर्ण महा-चिल समूह बिजयी

जेष्ठ १२, क्रिकेट हिमालय

नवलपुरको कावासोतीमा प्रथम जटायुकप क्रिकेट प्रतियोगिता २०७६को आज तेस्रो दिनको खेलमा कावासोती १० को सुपर्ण महा चिल समूह विजयी भएको छ ।

कावासोती १० को सुपर्ण महा चिल समूह र कावासोती ७ को सुन गिद्ध समूह बिच भएको खेलमा ४४ रनले सुपर्ण महा चिल समूह विजय भएको हो ।

यस्तै भोली(सोमबार)को पहिलो खेल कावासोती वडा नं. २ को सानो खैरे गिद्ध समूह र कावासोती ३ को सेतो गिद्ध समूह बिच र दोस्रो खेल कावासोती १४ को जिवहार माहाचिल समूह र कावासोती १५ को राग महाचिल समूह बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

खेल कावासोती वडा नं १३ को जैवीक खेलमैदान गैरीमा भएको हो । जटायु रेष्टुरेन्ट ब्यबस्थापन समितिको आयोजना, कावासोती नगरपालिकाको सहयोग एवंम् जिल्ला खेलकुद बिकास समिती र नवलपुर क्रिकेट सङ्घको समन्वयमा प्रतियोगिता भएको हो । प्रतियोगितामा कावासोती नगरपालिकाका १७ वटै वडाहरुको सहभागिता रहने जनाईएको छ । जेठ १० गतेबाट शुरु भएको प्रतियोगिता जेठ २५ गतेसम्म संचालन हुने छ ।

खेलको बिजेताले ५० हजार नगदसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो हुने टिमले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।