Cricket Himalaya
Cricket News From Top of The World

पोखरा स्पोर्ट्स अवार्ड : उदियमान खेलाडी तर्फ क्रिकेटका अर्जुन कुमाल मनोनयन

जेष्ठ १२, पोखरा

टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को सार्बजनिक भएको उदियमान खेलाडीको मनोनयनमा क्रिकेट तर्फबाट अर्जुन कुमाल परेका छन । नपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष उदियमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट) सहित अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापा मगर (आईटीएफ तेक्वान्दो) रहेका छन । मञ्च संस्थापक एवं सल्लाहकार रामकृष्ण ज्ञवाली संयोजक रहेको खेलाडी छनोट समितिको सिफारिसलाई मञ्चको बैठकले अनुमोदन गरेको हो । उदियमान खेलाडी तर्फको बिजेतालाई रु २५ हजार प्रदान गरिनेछ ।