पोखरा, १२ जेठ ।
टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को सार्बजनिक भएको उदियमान खेलाडिको मनोनयनमा क्रिकेट तर्फबाट अर्जुन कुमाल परेका छन !
नपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो ।
वर्ष उदियमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट) सहित अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापा मगर (आईटीएफ तेक्वान्दो) रहेका छन !
मञ्च संस्थापक एवं सल्लाहकार रामकृष्ण ज्ञवाली संयोजक रहेको खेलाडी छनोट समितिको सिफारिसलाई मञ्चको बैठकले अनुमोदन गरेको हो ।
उदियमान खेलाडी तर्फको बिजेतालाई रु २५ हजार प्रदान गरिनेछ ।