Cricket Himalaya
Cricket News From Top of The World

जिल्ला स्तरिय क्रिकेट, कैलाली : स्टेपिङ स्टोन स्कुल उपाधी बिजेता

जेष्ठ १२, क्रिकेट हिमालय

धनगढीमा जारी अन्तर विद्यालय किर्केट प्रतियोगिता अन्तर्गत फाइनल खेलमा सनराइज स्कुललाई ५ विकेटले पराजित गर्दै स्टेपिङ स्टोन स्कुलले उपाधी जितेको छ । फाइनल खेलमा स्टेपिङ स्टोन विद्यालय, धनगढिले टस जित्दै बलिङ रोजेको थियो । सनराइजले २० ओभरमा अल आउट हुँदै १०८ रन बनाएको थियो ।

लक्ष पछ्याएको स्टेपिङ स्कुलले १८.३ ओभरमा ५ विकेट गुमाउदै १०९ रन बनाएपछी ५ विकेटले उपाधी जित्न सफल भएको थियो । फाइनलको म्यान अफ द म्याच स्टेपिङ स्कुल बर्लिन गिरि भएका थिए । म्यान अफ द सिरिज स्टेपिङ स्टोनका अभिषेक कुवर भए, उनले ५ खेलमा ११ विकेट सङ्गै १८७ रन बनाएका थिए । बेस्ट बलर पन्चोदय माविका मदन साह ४ खेलमा ९ विकेट लिदै भएका थिए भने सनराइज स्कुलका सम्राट साह उदयमान खेलाडी घोसित भएका थिए । प्रतियोगिताको समापन समारोहमा जिल्ला क्रिकेट संघका कैलालीका सचिब बिक्रम बिस्ट सभापती रहेका थिए भने प्रमुख अतिथिमा नगर खेलकुद समिती अध्यक्ष दिपक थापा थिए । विजेताले रु २१,१११ नगद ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेताले रु ११, १११ सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको थियो ।

सम्मान

रु २१ हजार र दोसल्ला सहितको कैलाली जिल्ला क्रिकेट संघका पुर्ब सदस्य एवम प्रशिक्षक अर्जुन खडका मरणोपरान्त सम्मान छोरी कन्चन खडकालाई प्रदान गरिएको थियो ।