Cricket Himalaya
Cricket News From Top of The World

आरिफ सेख र ललित राजबन्शिको उत्कृष्ट बलिङ, कर्णाली बिरुद्ध पुलिस बिजयी

जेष्ठ १२, क्रिकेटलाई

एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको मुल प्रायोजन, नेपालय इन्टर्न्यासनलको ब्यबस्थापन एवम रास्ट्रीय खेलकुद परिषदको आयोजनामा किर्तिपुर स्थित टियु मैदान र मुलपानी मैदानमा जेस्ठ १०-२५ सम्म सन्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तेश्रो दिन मुलपानी मैदानमा म्याटमा सम्पन्न नेपाल पुलिस क्लबले कर्णाली प्रदेसलाई ९४ रनले पराजित गरेको छ !

मुलपानी

पुलिसले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, अत्यन्त कमजोर सुरुवात रह्यो, मात्र ८.५ ओभरमा २२ रन बनाउदा पुलिसले ५ विकेट गुमाएको थियो !

अनिल साह ०, पवन सर्‍आफ ३, अमीत श्रेष्ठ ५, दिपेन्द्र ऎरि ९, आरिफ सेख २ रन बनाएर आउट भएका थिए !

छैठौ विकेटको लागि दिलिप नाथ र कुशल भुर्तेल बिचको १३९ रनको साझेदारीले पुलिस उकासिएको थियो ! दिलिपले ८४ बलमा ७२, कुशलले ७७ बलमा ६२ रन बनाएका थिए !

मन्जित श्रेष्ठले २, ललित राजबन्शिले ८, ललित भन्डारी ३*, सागर ढकालले १ रन बनाएका थिए !

नेपाल पुलिस क्लब : १८५/१० (४१)

उत्कृष्ट बलिङ गरेको कर्णालिका लागि सुदन पोख्रेलले ७ ओभरमा २ मेडन सहित १६ रन दिएर ५ विकेट लिएका थिए ! दिवान पुनले २ विकेट लिए भने डि अधिकारी र आर जोशिले समान १/१ विकेट लिएका थिए !

मध्यम लक्ष पछयाएको कर्णालीको सुरुवात समेत कमजोर रह्यो, १७.५ ओभरमा ५४ रन बनाउदा ६ विकेट गुमाएको थियो ! सुशान्त थापाले ३० बलमा २९, एम खत्रीले २९ बलमा १७, डि अधिकारिले २३ बलमा १६ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अन्कमा रन बनाउन सकेनन !

कर्णाली : ९१/१० (२७)

पुलिसका लागि आरिफ सेखले १० ओभरमा ६ मेडन सहित २० रन दिएर ४ विकेट, सागर ढकाल १, पवन सर्‍आफ १, ललित राजबन्शी ३ विकेट लिएका थिए !

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

सम्पुर्ण खेल नेपाली समय अनुसार बिहान ९.१५ बजे सुरु हुनेछन्।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

टाइसिट