Cricket Himalaya
Cricket News From Top of The World

सुशान भारिको ह्याट्रीक, राजेस पुलामी उत्कृष्ट, आर्मी बिजयी

जेष्ठ १२, क्रिकेटलाई

एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको मुल प्रायोजन, नेपालय इन्टर्न्यासनलको ब्यबस्थापन एवम रास्ट्रीय खेलकुद परिषदको आयोजनामा किर्तिपुर स्थित टियु मैदान र मुलपानी मैदानमा जेस्ठ १०-२५ सम्म सन्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तेश्रो दिन किर्तिपुर मैदानमा त्रिभुवन आर्मी क्लब र प्रदेस न १ बिचको खेलमा आर्मी ११३ रनले बिजयी भएको छ !

किर्तिपुर

आर्मिले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, राजु रिजाल ६, बिनोद भन्डारी ३०(३४), हरि चौहान ४१(५१), भिम सार्की २, राजेस पुलामी मगर ५६(९३), रोहित पौडेल ८, कुशल मल्ल (१६), करण केसि २६(३०), सुशन भारिले १ रन,

प्रदेस न १ का लागि दिपेस कडेलले ३, सिद्धान्त लोहनी, फिर्दोस अन्सारि, एम यादबले समान २/२ विकेट, पुश्प थापाले १ विकेट लिएका थिए !

आर्मी : २०४/१० (४५.३)

लक्ष पछ्याएको प्रदेस न १ मात्र २६.५ ओभरमा अल आउट हुँदै ९१ रनमा सिमित भएपछी ११३ रनले पराजित रह्यो ! रवि रोय १०, एम यादब १८(२३), आर मगर २६(२३) रन बनाएका थिए !

आर्मिका लागि सुशन भारिले ह्याट्रीक सहित ३, करण केसिले २, जितेन्द्र मुखिया, हरि चौहान, साहब आलमले समान १/१ विकेट लिएका थिए !

राजेश पुलामी मगर प्लेयर अफ द म्याच र करण केसि मस्ट भ्यालुएबल प्लेयर घोसित भएका थिए !

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ ।

समुह “ए” मा सशस्त्र प्रहरी बल, ५ न. प्रदेश, ३ न. प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्

समुह “बी” मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,२ न. प्रदेश, १ न. प्रदेश र कर्णाली प्रदेश रहेका छन्।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । २४ गते रेस्ट हुँदा २५ गते फाईनल हुने छ ।

सम्पुर्ण खेल नेपाली समय अनुसार बिहान ९.१५ बजे सुरु हुनेछन्।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ, उपविजेता हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

टाइसिट