Cricket Himalaya
Cricket News From Top of The World

एसिसी यु-१९ इस्टर्न रिजन : नेपालको पहिलो खेल म्यान्मार सङ

क्रीकेट हिमालय ,जेठ १२

एसिसी यु- १९ इस्टन रिजनको आगामी जुलाई २ देखि ९ सम्म मलेसियामा हुने भएको छ। नेपाल सहित मलेसिया, हङकङ, सिंगापुर, थाइल्यान्ड, भुटान, चाइना र म्यान्मार सहभागी हुने प्रतियोगिताका विजेता र उपविजेता टिम जुलाई/अगस्टमा श्रीलंकामा हुने यु१९ एसिया कप र २०२० मा युएईमा हुने यु१९ एसिया कप क्रीकेट प्रतियोगिताको लागि छनोट हुनेछन्।

सहभागी ८ टिमलाई २ समुहमा विभाजन गरिएको प्रतियोगितामा चाइना, म्यानमार, नेपाल र सिंगापुर समुह ए मा छन् भने मलेसिया, भुटान, थाइल्यान्ड र हङकङ समूह बि मा छन्।
खेल तालिका

प्रतियोगितामा नेपालले २ जुलाईमा म्यानमार, ३ जुलाईमा सिंगापुर र ६ जुलाईमा चाइना संग खेल्नेछ।प्रतियोगितामा ८ जुलाईमा सेमिफाइनल र ९ जुलाइमा फाइनल खेल हुनेछ।