Cricket Himalaya
Cricket News From Top of The World

रसुल सेख मेमोरियल इन्टर-स्कुल क्रीकेट प्रतियोगिताको उपाधि लिलाराम मावीलाई

क्रीकेट हिमालय , भैरहवा , जेठ १२

बुटवल युथ स्पोर्ट्स क्लबको आयोजनमा भैरहवा स्थित सिद्धार्थ रंगशालामा जेठ ४ बाट सुरु दोस्रो रसुल सेख इन्टर स्कुल टि ट्वान्टि क्रीकेट प्रतियोगितामा उपाधी लिलाराम माबिले उचालेको छ । आज सम्पन्न फाइनल खेलमा न्यु होराइजन माबीलाई ५८ रनले हराउदै उपाधी जितेको हो

(बिजेता लिलाराम माबी)

टस जिति पहिला ब्याटिङ रोजेको लिलाराम माबिले २० ओभरमा ९ विकेट गुमाउदै १२२ रन बनाएको थियो। लिलाराम माबिको लागि रामचरण धवलले ५५ ,रोशन थामिले २६ तथा अमन सैतवारले १५ रनको योगदान दिए ।

न्यु होराइजन माबिको लागि अनिश बराल ले ४ तथा प्रकाश गिरि र अमर मिश्रले समान १/१ विकेट लिए।

१२३ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको न्यु होराइजन माबी १७.२ ओभरमा सबै विकेट गुमाउदै ६४ रनमा समेटिएको थियो। न्यु होराइजम माबिको लागि अनिश बरालले ११ तथा प्रकाश गिरि र मौसम खाम्चाले समान १०/१० रनको योगदान दिए।लिलाराम माबिको जितमा भिम कुमार थापा ले ४ ,पुरुषोत्तम भट्टराईले ३ तथा रमेश कुर्मिले २ विकेट लिए । प्रतियोगिता को उत्कृष्ट बिधातर्फ
खेलको म्यान अफ दि फाइनल लिलाराम माबिका रामचरण धवल घोषित भए ।
एस्तै बेस्ट ब्याट्म्यान तथा म्यान अफ दि सिरिज लिलाराम माबिका रोशन थामि मगर घोषित भए

(म्यान अफ दि सिरिज रोशन थामी मगर)
प्रतियोगिता बेस्ट बलर साइ ग्लोबलका आनन्द निसाद घोषित भए ।।
यो जित सङ प्रतियोगिता बिजेता टिम लिलारम माबिले नगद ३० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता न्यु होराइजन ले नगद १५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

(उपबिजेता न्यु होराइजन माबी)
जेठ ४ बाट १२ गते सम्म संचालित क्रीकेट प्रतियोगिता रुपन्देहीका कुल १८स्कुल क्रीकेट टिमको सहभागीता रहेको थियो।

(स्वर्गीय अम्पाएर रसुल सेख)